आजसम्म ६३ जिल्लामा निषेधाज्ञा – Nepal Press

आजसम्म ६३ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना सङ्क्रमण तीव्र रुपमा बढेपछि ६१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयको विवरणअनुसार आज अपराह्न ४ बजेसम्म ५३ जिल्लामा जिल्लाभर र १० जिल्लामा प्रभावित क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्यूठान, गोरखा, बाजुरा, उदयपुर र बझाङमा आवातजावतमा पूर्ण रोक लगाइएको छ ।

यसैगरी कालिकोट, स्याङ्जा, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिरहा, नवलपरासी पश्चिम, दोलखा, अछाम, हुम्ला, धादिङ, रौतहट, संखुवासभा र सर्लाहीमा जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर