दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो, राष्ट्रपतिलाई आइतबार महाप्रसाद पठाइने – Nepal Press

दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसिना आयो, राष्ट्रपतिलाई आइतबार महाप्रसाद पठाइने

काठमाडौं । दोलखास्थित भीमेश्वर मन्दिरको शीलामा पसिना आएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले सूचना जारी गर्दै शनिबार दिउँसो सवा १२ देखि साढे १ बजेसम्म शीलामा पसिना आएको जनाएको हो ।

पसिना आएपछि मन्दिर व्यवस्थापनको जानकारीको आधारमा जिल्ला सुरक्षा समितिका अधिकारीहरु त्यहाँ पुगेका थिए । मन्दिरमा क्षमापूजा समेत गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।

चलिआएको परम्पराअनुसार आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोलखा भीमेश्वर भगवानको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएको प्रशासनले जनाएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर