अस्पतालले भर्ना नगरेपछि कोरोना संक्रमितको मृत्यु – Nepal Press

अस्पतालले भर्ना नगरेपछि कोरोना संक्रमितको मृत्यु

दाङ । अस्पतालले भर्ना गर्न नमानेपछि एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले भर्ना गर्न नमानेपछि सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर-२ का एक ४९ बर्षिय पुरूषको आज मृत्यु भएको हो।

मृतकका आफन्तले उपचारका लागि गएराति १२ बजे प्रतिष्ठानमा उपचारका लागि ल्याएका थिए । तर, प्रतिष्ठानले बेडको अभाव देखाउँदै उपचार गर्न अस्विकार गरेको मृतकका आफन्तले जानकारी दिएका छन् ।

मृतक पुरुषको सल्यानमा एन्टिजेनद्वारा परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएको भोटेचौर आइसोलेशनका डाक्टर प्रोशेष सिंहले बताए । डाक्टर सिंहले अक्सिजन लगाएर उपचार गर्नुपर्ने संक्रमितको उपचार नपाएर मृत्यु भएको दावी गरे । उनका अनुसार कोरोना संक्रमित ती पुरूषको मृत्यु अस्पतालले भर्ना गर्न नमानेपछि सल्यान फर्काउँदै गर्दा मृत्यु भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *