छतबाट खसेर ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि – Nepal Press

छतबाट खसेर ज्यान गुमाएकी महिलामा कोरोना पुष्टि

कैलाली । कैलालीको धनगढीमा छतबाट खसेर ज्यान गुमाएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रवार ३ बजे धनगढी उपमहानगरपालिका-१ मा बस्ने ५० बर्षीया महिलाको छतबाट खसेर मृत्यु भएको थियो ।

त्यसपछि कोरोना परीक्षण गर्दा उनीमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

यो सहित कैलालीमा पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितका ज्यान गएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *