डीभीको नतिजा आज राती आउने – Nepal Press

डीभीको नतिजा आज राती आउने

काठमाडौं । सन् २०२२ का लागि अमेरिकी डिभीको नतिजा आज राती आउने भएको छ ।

आज राती ९ः४५ बजे नतिजा सार्वजनिक हुने अमेरिकी दूतावासले जनाएको छ । छनौट हुन सफल आवेदकले गर्नुपर्ने थप प्रक्रियाबारे स्टेट डिपार्टमेन्टको वेबसाइटमा उल्लेख छ ।

दूतावास वा अमेरिकी सरकारका अन्य निकायले डिभी कार्यक्रममा छनौट भएको व्योहोराको इमेल नपठाउने समेत दूतावासले जनाएको छ ।

डोनाल्ड ट्रम्पको कार्यकालमा रोकिएको डीभी कार्यक्रमले जो बाइडेन आएपछि निरन्तरता पाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर