कोरोनाविरुद्धको लडाइमा नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह – Nepal Press
सीएनएनलाई प्रधानमन्त्रीको अन्तर्वार्ता

कोरोनाविरुद्धको लडाइमा नेपाललाई साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन् । नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए ।

भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालको परिस्थिती नियन्त्रणमा रहेको समेत बताए ।

गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको बताउँदै प्रधानमन्त्रीले दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरे ।

‘ती प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या थियो’ उनले भने, ‘केही गल्ती भयो राजनीतिक दलहरुबाट । हेलचक्र्याइँ भएकै हो ।’

भाइरसबाट जोखिम वर्गलाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए । सरकारको प्रयासको कारण पनि मृत्युदर १ प्रतिशतभन्दा तल सीमित रहेको ओलीको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर