गोकुल बास्कोटाको व्यंग्य- बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता – Nepal Press

गोकुल बास्कोटाको व्यंग्य- बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले राष्ट्रियसभा सदस्यको उपचुनावमा एमालेविरुद्ध बनेको गठबन्धनलाई आउने चुनावको युद्ध अभ्यासको संज्ञा दिएका छन् ।

बास्कोटाले कांग्रेसको चुनाव चिह्न रूख र माओवादीका गोलाकारभित्रको हँसिया हथौडा बेपत्ता भएको भन्दै बहुदलीय लोकतन्त्रमा निर्दलीय महा गठबन्धन बनेको टिप्पणी गरेका छन् ।

बास्कोटा भन्छन्, ‘बहुदलीय लोकतन्त्रमा रूख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ? एक एमालेविरुद्ध चार निर्दलीय महागठबन्धन,साायद उाउने चुनावको युद्ध अभ्यास होला ।’

जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा एमालेका रामवहादुर थापा बादलविरुद्ध एमालेकै माधव नेपाल पक्षका खिमलाल देवकोटा स्वतन्त्र उम्मेदवार बनेका छन् ।

उनलाई कांग्रेस र माओवादीले समर्थन गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “गोकुल बास्कोटाको व्यंग्य- बहुदलीय लोकतन्त्रमा निर्दलीय महागठबन्धन, रूख र गोलाकार बेपत्ता

  1. हिजो सुर्य महाबेपत्ता भएको होइन? झापामा गाई,धनुषा छाता,प्युठान गिलास,कुन्नी कता हसिया हतौडा?? बहुदलिय लोकतन्त्रको पाठ सिकाउछन!

  2. एमाले ले अर्को पार्टी को उम्मेदवार बादलको साटो खिमलाल लाई नै सहयोग गरेको भय हुन्थ्यो नि ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर