बुटवलमा थप २ कोरोना संक्रमित बिरामीको मृत्यु – Nepal Press

बुटवलमा थप २ कोरोना संक्रमित बिरामीको मृत्यु

रूपन्देही । बुटवलकाे कोरोना अस्पतालमा थप २ संक्रमित बिरामीको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएकाे अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका दुवै जनामध्ये ४८ वर्षीय पुरुषको गए राति ११ बजे र ३० वर्षीया महिलाको शनिबार बिहान ५ बजेर ५२ मिनेटमा मृत्यु भएको उनलेे जानकारी दिए ।

दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको थियो । योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर