न्यायपरिषद सदस्यमा रामप्रसाद भण्डारी सम्भव नियुक्त – Nepal Press

न्यायपरिषद सदस्यमा रामप्रसाद भण्डारी सम्भव नियुक्त

काठमाडौं । न्याय परिषदको सदस्यमा बरिष्ठ अधिवक्ता रामप्रसाद भण्डारी सम्भव सिफारिस भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनको नाम सिफारिस गरेको हो ।

रामेछाप स्थायी घर भएका बरिष्ठ अधिवक्ता भण्डारी प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट मानिन्छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा न्याय परिषद सदस्य भएका लक्ष्मीबहादुर निरालाको कोभिडका कारण निधन भएपछि भण्डारीको नाम सिफारिस भएको हो ।

भण्डारीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस भइसकेका स्रोतले जनाएको छ ।

भण्डारी देवानी, जग्गा र गुठी सम्बन्धी मुद्दामा लामो समय अभ्यास गरेका कानुन व्यवसायीका रुपमा परिचित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर