सैनामैना नगरपालिकाले निशुल्क कोरोना परिक्षण गर्दै – Nepal Press

सैनामैना नगरपालिकाले निशुल्क कोरोना परिक्षण गर्दै

रुपन्देही । कोरोना भाइरसको नयाँ भेरियन्ट नियन्त्रणका लागि रुपन्देहीको सैनामैना नगरपालिकाले निशुल्क कोरोना परिक्षण सुरु गरेको छ ।

नगरपालिकाले कोरोनाको संक्रमण रोकथामका लागि समुदाय स्तरमा निशुल्क कोरोना परिक्षण गर्न थालेको हो । नगरपालिकाले शुक्रबार एक सूचना जारी गरी बैशाख २४ देखि २७ गते सम्म पीसीआर तथा एन्टीजेण्ट परिक्षण गर्ने निर्णय गरेको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जारी गरेका सूचनामा कोभिडका संकास्पद व्यक्तिहरुले तोकिएको स्थानमा उपस्थित भई परीक्षण गराउनु हुन नगरपालिकाले नगरबासीलाई आव्हान गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर