देउवा-प्रचण्डबीचको भेटमा विश्वासको मत असफल बनाउनेबारे छलफल – Nepal Press

देउवा-प्रचण्डबीचको भेटमा विश्वासको मत असफल बनाउनेबारे छलफल

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भेटवार्ता भएको छ। देउवालाई भेट्न प्रचण्ड शुक्रबार दिउँसो बुढानीलकण्ठ पुगेका थिए।

प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाका अनुसार आधा घण्टा भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मतलाई असफल बनाउनेबारे छलफल भएको थियो। ‘उहाँहरुबीच समसामयिक राजनीतिबारे छलफल भयो,’ सापकोटाले नेपाल प्रेससँग भने, ‘ओलीले लिन लागेको विश्वासको मत कसरी असफल बनाउने भन्नेबारेमा उहाँहरुबीचको भेटवार्ता केन्द्रित थियो।’

प्रधानमन्त्री ओलीले २७ वैशाखमा विश्वासको मत लिँदै छन् । नेपाली कांग्रेस, माआवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्ष र एमालेको माधव नेपाल पक्षबीच विश्वासको मतमा प्रधानमन्त्रीलाई असफल गराउने गरि चरण-चरणका भेटवार्ता भइरहेका छन् ।

देउवा निवास बुढानीलकण्ठ पछिल्ला भेटघाटको केन्द्र बनेको छ । प्रधानमन्त्री ओली पनि विश्वासको मत माग्न देउवा निवास पुगेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर