२५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान, आज एकैदिन १२ जना चुचुरोमा – Nepal Press

२५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान, आज एकैदिन १२ जना चुचुरोमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुक्रबार २५ औं पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् ।

बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागअन्तर्गतको पर्वतारोहण शाखा हेर्ने मीरा आचार्यले नेपाल प्रेसलाई जानकारी दिइन् ।

शुक्रबारको आरोहण यो सिजनको पहिलो भएको उनले जानकारी दिइन् । यो सिजनमा झन्डै ४०० जनाले सगरमाथा आरोहण गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर