पक्राउ परेको पत्रकार रिहा गर्न सर्वोच्चको आदेश – Nepal Press

पक्राउ परेको पत्रकार रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । समाचार लेखेका कारण पक्राउ परेका उज्यालो नेटवर्कका दुई जनालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

बन्दी प्रत्यक्षीकरण रीटमाथि सुनुवाई गर्दै सर्वोच्चले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक दुर्गालाल तामाङ (प्रभात) लाई तत्काल रिहा गर्न आदेश दिएको हो ।

समाचार संप्रेषणसम्बन्धी विषयमा विवाद देखिएको, निवेदक पक्षले क्षमायाचना गरिसकेको अवस्थामा थुनामा राखिरहनु कानूनविपरीत हुने ठहर सर्वोच्चले गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर