प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक – Nepal Press

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ । हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश हालै जारी गरेकी थिइन् । अध्यादेश अनुसार परिषद्को उपस्थित सदस्यको बहुमतले नियुक्ति सिफारिस गर्न सक्नेछ ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद् बैठक

  1. ओलिको नौटकी बुझिनसक्नु छ घरी फिर्ता घरी सक्रिय यिनको कुर्सी ले साथ दिन्जेल सम्म सक्ने गर्छ्न त्यसपछि ओलि युगको अन्त्य नाटको पनि कति गर्न सकेको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर