राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त – Nepal Press

राष्ट्रिय किसान आयोगको अध्यक्षमा दंगाल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्षमा डा. प्रेम दंगाललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले दंगाललाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

दंगाललाई नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघको अध्यक्ष समेत रहेका छन् । किसान आयोगको अध्यक्षमा नियुक्ति भएको आफुले जानकारी पाएको नेपाल प्रेसलाइ जानकारी दिए । बैठकले आयोगको सदस्यमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाललाई नियुक्त गरेको छ । वोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रुपमा नियुक्त भएका जनाइैको छ ।

दंगालले यूवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्षको कार्यकाल भर्खर पुरा गरेका थिए । यस्तै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य र एसियाली किसान मञ्चका पूर्व उपाध्यक्ष समेत भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर