कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु – Nepal Press

कोरोना संक्रमणबाट संसद सचिवालयमा कार्यरत उपसचिव खनालको मृत्यु

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्ण खनालको कोरोना संक्रमणबाट मृत्यु भएको छ । केहि महिना अघि मात्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट संसद सचिवालयमा सरुवा भएर आएका उपसचिव खनालको शुक्रबार बिहान मृत्यु भएको संसद सचिवालयले जनाएको हो ।

उपसचिव खनाल सचिवालयको कानून शाखामा कार्यरत रहेका थिए । सचिवालयका अनुसार खनालको पत्थरीको उपचारका लागि भर्खरै शल्यक्रिया भएको र मुटु सम्बन्धी पनि स्वास्थ्य समस्या रहेको थियो । त्यहि समस्याका कारण उनी अस्पताल भर्ना भएका संसद सचिवालयका सहायक प्रवक्ता समेत रहेका उपसचिव दशरथ धमालले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार संसद सचिवालयले सांसद पदाधिकारी र कर्मचारीको पीसिआर परीक्षण अनिवार्य गरेपछि उनले २ दिन अघि २२ गते संघीय संसद भवन नयाँ बानेश्वरमा स्वाव दिएर गएका थिए । २३ गते बिहिबार मात्र उनमा कोरोना पुष्टि भएको थियो । कोरोना देखिएको दोस्रो दिनमा नै उनको मृत्यु भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर