नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित) – Nepal Press

नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित)

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले २ वर्षको वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार घोषणा गरेको छ ।

छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषित पुरस्कार अनुसार नेपाल प्रेस डटकमका प्रधानसम्पादक मात्रिका पौडेलले राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ प्राप्त गरेका छन् । जनही एक लाख राशीको सो पुरस्कारबाट इन्द्र बुढा (उजीर मगर) , संगिता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर वि.क. र शीतल साहसमेत पुरस्कृत हुने भएका छन् ।

वरिष्ठ पत्रकार सम्मान २०७६ मरणोप्रान्त स्व.सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बालाई प्रदान गरिएको छ । २ लाख पुरस्कार राशिको सो सम्मान वर्ष २०७७ का लागि रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट भने दिलीपकुमार थापामगर, दीपेन न्यौपाने, दुर्गाप्रसाद शर्मा, शुरोजंग पाण्डे, नितु पण्डित र पुनम पौडेल पुरस्कृत भएका हुन् ।

पुरस्कार घोषणा कार्यक्रममा बोल्दै सञ्चारमन्त्री पार्वत गुरुङले पुरस्कृत पत्रकारहरुलाई बधाई ज्ञापन गरे । कोरोनाको कहर सकिएपछि ती पुरस्कारहरु वितरण हुनेछन् ।

कस-कसले पाउने भए पुरस्कार ?

वरिष्ठ पत्रकार सम्मान २०७६ – स्व. सुकदेव नेपाल (अग्निशिखा) र हर्ष सुब्बा

वरिष्ठ पत्रकार सम्मान २०७७ – रघु मैनाली र शार्दूल भट्टराई

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६

इन्द्र बुढा (उजीर मगर) – बागलुङ

मात्रिका पौडेल – रामेछाप

संगिता खड्का – काठमाडौं

शेषराज दाहाल- सिन्धुली

हेमन्तबहादुर विक- बाँके

शीतल साह – धनुषा

राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७

दिलीपकुमार थापामगर- भक्तपुर

दीपेन न्यौपाने- मोरङ

दुर्गाप्रसाद शर्मा- पर्वत

शुरोजंग पाण्डे- दोलखा

नितु पण्डित – नुवाकोट

पुनम पौडेल- ललितपुर


प्रतिक्रिया

3 thoughts on “नेपाल प्रेसका प्रधान सम्पादक पौडेललाई राष्ट्रिय पत्रकारिता पुरस्कार (सूचीसहित)

  1. पुरस्कारको लागि छनौट हुनुभएका सम्पुर्ण पत्रकारहरु प्रती हार्दिक बधाई छ !

Leave a Reply to Krishna prasad baral Cancel reply

Your email address will not be published. Required fields are marked *