बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो, मंगलबार चुचुरोमा पुग्ने लक्ष्य – Nepal Press

बहराइन राजकुमारको टोली सगरमाथा चुचुरोतर्फ लाग्यो, मंगलबार चुचुरोमा पुग्ने लक्ष्य

काठमाडौं । बहराइन राजकुमारसहितको भीआइपी पर्वतारोहण टोलीले सगरमाथा आरोहण सुरु गरेको छ । राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफासहित दुईदर्जन पर्वतारोहीको टोली विहिबार रातीदेखि चुचुरोतर्फ बाटो लागेको छ ।

आरोहण सरदार टासिलाक्पा शेर्पाका अनुसार यो टोलीले बैशाख २८ गते चुचुरोमा पुग्ने लक्ष्य लिएको छ । सेभेन समिट ट्रेकले राजकुमारको टोलीलाई आरोहण व्यवस्थापन गरेको छ ।

गतवर्ष मात्र खालिफाले लबुचे पिक र मनास्लु हिमालको सफल आरोहण सम्पन्न गरी सकेकाले सगरमाथा आरोहणमा सजिलो हुने उनले बताए । पर्वतारोहण गर्न रुचाउने स्वभावका राजकुमार खलिफाले गत वर्षको हिउँदमा लकडाउनकै बीचमा आएर हिमाल आरोहण सम्पन्न गरेका थिए ।

यस सिजनमा आरोहण गर्नेमध्ये ३१५ पुरुष, ९२ जना महिला र एक जना तेस्रो लिंगी आरोही छन । सगरमाथाबाट मात्र यो सिजनमा ४९ करोड ६१ लाख ३१ हजार ७८७ रुपैयाँ राजस्व सङ्कलन भएको पर्यटन विभागको तथ्याङ्क छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर