निषेधाज्ञा उल्लघंन गर्दै बिहे गरेपछि तीन सवारी नियन्त्रणमा – Nepal Press

निषेधाज्ञा उल्लघंन गर्दै बिहे गरेपछि तीन सवारी नियन्त्रणमा

बागलुङ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको स्वास्थ्य मापदण्ड उल्लघंन गरि विवाह गरेको भन्दै बागलुङमा तीन वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

सरकारले विवाहमा पाँच देखि सात जना मात्र उपस्थित भएर विवाह गर्न निर्देशन गरेको थियो ।

दुलही लिनका लागि जन्ती जाँदा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भन्दै प्रहरीले दुई बस र एक जीपलाई नियन्त्रणमा लिएको थियो ।

सवारी साधन सहित दुलहाका बुबालाई नियन्त्रणमा लिई एक सय रुपैयाँ जरिवाना तिराएर छोडेको जिल्ला प्रशासन कार्यलय बागलुङका सुचना अधिकारी गणेश गौतमले जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *