नेपालसँग यात्रा प्रतिबन्ध लगाउने मलेसियाको तयारी – Nepal Press

नेपालसँग यात्रा प्रतिबन्ध लगाउने मलेसियाको तयारी

काठमाडौं । कोभिड-१९ को नयाँ प्रजाति फैलिनबाट रोक्न मलेसियाले नेपालसहितका चार मुलुकलाई यात्रा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

मलेसियाका बरिष्ठ मन्त्री इस्माइल साब्री याकोबले बुधबार यस्तो घोषणा गरेको त्यहाँको अखबार द स्ट्रेट टाइम्सले जनाएको छ । तर, कहिलेदेखि यात्रा प्रतिबन्ध लगाउनेबारे पनि उल्लेख छैन ।

नेपालसहित श्रीलंका, बंगलादेश र पाकिस्तानलाई पनि यात्रा प्रतिबन्ध लगाउने तयारी छ । मलेसियाले भारतसँग लगाएको यात्रा प्रतिबन्ध चाहिँ अप्रिल २८ सम्म रहने जनाइएको छ ।

पर्यटक र बिजनेस भिजामा आउने यात्रुलाई रोक लगाइएपनि कूटनीतक भ्रमणलाई चाहिँ खुलै राख्ने मलेसियाको तयारी छ । नेपालको एक ठूलो श्रम बजारले लगाएको यस्तो अस्थायी प्रतिबन्धले अर्को धक्का लागेको छ ।

केही दिनयता मलेसियामा कोभिड-१९ संक्रमणमा वृद्धि भएको छ । नेपालले पनि शुक्रबारदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ तर, एयर बबल सुविधाअन्तर्गत सातामा दुईपटक भारतसँगको उडान भने निरन्तर हुने जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर