राष्ट्रियसभा उपचुनाव : एमालेको उम्मेदवार गृहमन्त्री बादल नै – Nepal Press

राष्ट्रियसभा उपचुनाव : एमालेको उम्मेदवार गृहमन्त्री बादल नै

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको उपचुनावमा गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मेदवार बनाएको छ ।

स्थायी कमिटीको अनौपचारिक बैठकपछि गृहमन्त्री थापा उम्मेदवारी मनोनयनका लागि वागमती प्रदेशको राजधानी हेटौंडातर्फ लागेका छन् ।

बालुवाटारमा बसेको अनौपचारिक बैठकपछि गृहमन्त्री बादल एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहाल सहितको टोली लिएर सिम्रिक एयरको हेलिकप्टरमा हेटौंडा गएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर