माधव नेपाल भन्छन्- केपी ओलीसँग कुनै सहमति भएको छैन – Nepal Press

माधव नेपाल भन्छन्- केपी ओलीसँग कुनै सहमति भएको छैन

काठमाडौं । एमाले विभाजन रोक्न प्रयास भइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको प्रष्ट पारेका छन् ।

नेपालको फेसबुक पेजबाट जारी संक्षिप्त विज्ञप्तिमा २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हामी वार्ता र लचकता दुवै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’

नेपालले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको भन्दै २०७५ जेठ २ को बटमलाइनमा सहमति नभएको बताएका छन् । उनले कार्यकर्तालाई कुनै किसिमको भ्रममा नपर्न,नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन भन्दै आह्वान गरेका छन् ।


प्रतिक्रिया

2 thoughts on “माधव नेपाल भन्छन्- केपी ओलीसँग कुनै सहमति भएको छैन

  1. माके बन्न दिए हुन्छ। जे जे होला सहमति नखोज्दा नै ठीक किनभने पिलो निचोरेर फालिएनभने फेरि बल्झिन्छ।

  2. यत्ती ठुलो सिद्दान्त, अडान र सम्मान को कुरा गर्ने माकुने, ओलीलाई सनाप्त समाप्त रचिएको १९ बुदे अभीयोग पत्र के हो, कत्ती हो लगानी !? त्यो गलत थियो, फिर्ता लियियो भन्न किन नसक्ने !! समस्याको पहाड त त्येहाँबाट सुरु हुन्छ नि !! अरु कुरा सकिए पनि, अनैतिकता र दुस्टताको हद त्येहाँ प्रकट भयो, त्यो त जिवित छ नि !!
    केही भएकै थिएन, आफ्नु केही गल्ती नै थिएन, एक्कासी ओलिले यस्तो गरे भनेर प्रस्तुत हुनु कत्ती लूच्चा कुरा !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर