बाह्रविसे नगर उप-प्रमुखले आफ्नो गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने – Nepal Press

बाह्रविसे नगर उप-प्रमुखले आफ्नो गाडी एम्बुलेन्सका रुपमा प्रयोग गर्न दिने

चाैतारा । कोरना संक्रमितहरु बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप-प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि स्वास्थ्य संस्थालाई दिएकी छन् ।

नगरपालिकामा सीमित संख्यामा मात्रै एम्बुलेन्स हुदा संक्रमितहरुको उपचार, संकलन गरिएको स्वाब परीक्षणका लागि धुलिखेलसम्म लैजान समस्या भएपछि पाख्रिनले आफूले प्रयोग गर्दै आएको गाडी बाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रलाई प्रयोगका लागि दिएकी हुन् ।

केही दिन यता संक्रमितहरुको संख्या बढेको र स्वाब परीक्षणका लागि धुलिखेलसम्म जानु पर्ने भएपछि नगरपालिकाका रहेको एम्बुलेन्सले मत्रै नपुगेपछि आफूले प्रयोग गर्दै आइरहेको गाढी दिएको उपप्रमुख पाख्रिनले बताइन् ।

सिन्धुपाल्चोकमा स्वाब परिक्षण गर्ने सुविधा छैन, स्वाब लिएर दैनिक धुलिखेल जानुपर्छ, एम्बुलेन्सले मात्रै सम्भव भएन,’ नगर उप–प्रमुख पार्खिनले नेपालप्रेससँग भनिन् । बिरामी बोक्न, स्वाब परीक्षणका लागि लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग गर्न सकिने उनले बताइन् ।

बाह्रविसे नगरपालिकामा मात्रै नयाँ भेरियन्टका संक्रमितको संख्या ४० पुगेको छ । कोरोनाका विरामी बढ्दै गएपछि बाह्रविसे नगरपालिकाले केही दिन अघि मत्रै अक्सिजन सहितको बेडहरु तयारी अवस्थामा राखेको उपप्रमुख पाख्रिनले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *