अक्सिजन र स्वास्थ्य सामग्री अभाव हुन नदिने सरकारको प्रतिबद्धता – Nepal Press

अक्सिजन र स्वास्थ्य सामग्री अभाव हुन नदिने सरकारको प्रतिबद्धता

काठमाडौं । कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अक्सिजन तथा भ्याक्सिनको अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संयुक्त राज्य अमेरिकाको एष्ट्राजेन खोप उपलब्ध गराउन परराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिक पहल भइरहेको प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । त्यस्तै भारतसँग अक्सिजन आपूर्ति हुन दिन समेत पहल भइरहेको जानकारी गराएको छ ।

भ्याक्सिन सहयोगका लागि चीन सरकार र तिब्बतसगँ स्वास्थ्य सामग्री र उपकरण अनुदान सहायताका लागि पहल भइरहेको बताइएको छ । सरकार प्रत्येक नागरिकको स्वास्थ्यप्रति गम्भीर रहेको बताउँदै सर्वसाधारणलाई सरकारले जारी गरेका स्वास्थ्य मापदण्डको पालना गर्न विज्ञप्तिमार्फत् अपिल गरिएको छ ।

विज्ञप्तिमा आइसियु र भेन्टिलेटरको संख्या बढाउँदै लगिएको कुरा पनि उल्लेख छ ।

त्यस्तै विभिन्न उद्योगले लुकाएर राखेकाका ४ हजार ३ सय ३९ अक्सिजन सिलिण्डर जफत गरी अस्पताललाई बुझाउने र कोभिडको उपचार्थ प्रयोग हुने औषधि रेम्डेसिभिर कालोबजारी गर्ने पसलहरू नियन्त्रणमा लिइ सिल समेत गर्ने गरिएको गर्ने ब्यवस्था मिलाइएको मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कोभिडको उपचारका लागि प्रयोग हुने ३० लाख १० हजार ८८ मेडिकल उपकरण आयातका लागि सरकारले अनुमति दिएको थियो । जसमध्ये १२ हजार ३ सय ६३ सामग्री आयात भइसकेको छ ।
‘अक्सिजन प्रयोग गरी वस्तु उत्पादन गर्ने १० उद्योगबाट १ हजासर १ सय ३४ अक्सिजनका सिलिण्डर स्वास्थ्य प्रयोजनका लागि फिर्ता पठाइएको छ भने काठमाडौं उपत्यका भन्दा बाहिरका १८ उद्योगबाट २ हजार ८ सय ८५ प्रति घण्टा क्यूविक मिटर क्षमतामा सञ्चालन भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी २२ हजार ३ सय ५० ठूला सिलिण्डर र ८ हजार ९ सय ४ साना सिलिण्डर अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा रहेको सरकारको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर