अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन – Nepal Press

अक्सिजन सिलिन्डर तत्काल फिर्ता गर्न उद्योगलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य मन्त्रालयले उद्योगधन्दामा प्रयोग भैरहेका अक्सिजन सिलिन्डरलाई तत्काललाई अस्पतालमा फिर्ता गर्न निर्देशन दिएको छ ।

विहिबार विज्ञप्ती जारी गर्दै मन्त्रालयले अनुगमनको क्रममा खाली अक्सिजन सिलिन्डर उद्योगधन्दामा प्रयोग भैरहेको उल्लेख गर्दै अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न भनेको हो ।

अनुगमनको क्रममा ठूलो मात्रामा अक्सिजन सिलिन्डर खाली रहने वा भरेर भण्डारण गरेर राख्ने पाइएकाले त्यसो नगर्न मन्त्रालयले आग्रह गरेको हो ।

ती सिलिन्डर फिर्ता नगरिए संक्रामक रोग ऐन, २०२० को आधारमा अनुगमन गरी कारवाही गर्ने तथा अस्पतालमा अक्सिजनको न्यायोचित उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर