सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा – Nepal Press

सिन्धुपाल्चोकमा बिहीबारदेखि निषेधाज्ञा

सिन्धुपाल्चोक । दोस्रो लहरको कोरोना संक्रमणमा वृद्धि हुँदै गएपछि यही वैशाख २३ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लगाइने भएको छ ।

जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकको निर्णय अनुसार बिहीबारदेखि निषेधाज्ञा लगाइने भएको हो ।

यसैगरी चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर ४ कुबिण्डे र वडा नम्बर ९ कदमबाससहित दुई वडालाई आजदेखि बन्द गरिएको छ ।

ती वडा संक्रमित वृद्धि हुँदै जान थालेपछि सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *