अक्सिजन नभएको भन्दै बाँकेमा विरामी भर्ना गर्न अस्वीकृत – Nepal Press

अक्सिजन नभएको भन्दै बाँकेमा विरामी भर्ना गर्न अस्वीकृत

आठ सय सिलिण्डर उपलब्ध गराउन सरकारसँग माग

सुर्खेत । बाँकेको नेपालगन्ज मेडिकल कलेजले कोरोनाका थप विरामीको उपचार गर्न नसक्ने बताएको छ ।

आज एक विज्ञप्ती जारी गर्दै अस्पताल प्रशासनले कोभिडका विरामीको उपचार गर्न तीन सय बेडको व्यवस्था भएपनि अक्सिजन नहुँदा उपचार गर्न नसकिने बताएको हो ।

‘अस्पतालमा लिक्विड अक्सिजन ट्यांक, पिएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिण्डरबाट उपचार भइरहेको थियो ।
तर सबैभन्दा बढि भरपर्दो लिक्विड अक्सिजन ट्यांक सकिएको र भारतबाट आउन नसकेकाले यस शिक्षण अस्पतालले हाल उपचार गराइरहेका बाहेक थप कोरोना विरामी भर्ना गर्न असमर्थ रहेको जानकारी गराउन चाहन्छौं ।’

अस्पतालका प्रवन्ध संचालक डा। सुरेश कुमार कानोडियाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘२०२१ को सुरुवात देखि ३०३ जना कोरोना विरामी भर्ना भएकामा १२६ जना घर फर्किएका, १३३ जना उपचारार्थ रहेका र ४४ जनाको मृत्यू भएको छ ।’

उनले विज्ञप्तीमा हरेक पाँच दिनमा एउटा लिक्विड अक्सिजन ट्यांक वा दैनिक आठ सय सिलिण्डर अक्सिजन सिलिण्डरको आवश्यकता रहेको बताउँदै नेपालसरकारलाई उपलब्ध गराई दिन अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *