कोरोना नियन्त्रणका लागि लुम्बिनीका १२ जिल्लालाई ७९ लाख – Nepal Press

कोरोना नियन्त्रणका लागि लुम्बिनीका १२ जिल्लालाई ७९ लाख

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका जिल्ला विपत्त व्यवस्थापन समितिलाई ७९ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सीमा क्षेत्रमा होल्डिङ व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी प्रदेशका १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको सरकारका प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिए ।

रुपन्देही र बाँके जिल्लालाई १०÷१० लाख, कपिलवस्तु जिल्लालाई ८ लाख, नवलपरासी, दाङ, बर्दिया जिल्लाई ७/ ७ लाख र गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा प्युठान र पुर्व रुकुमलाई ५÷५ लाख गरी गरी ७९ लाख जिल्ला विपत्त व्यवस्थापन समितिलाई रकम प्रदान गरिएको उनले बताए ।

लगानी सम्मेलन कार्तिकमा सारियो

गतवर्षदेखि सारिदै आएको लगानी सम्मेलन कोरोना महामारीले गर्दा यो पटक पनि सरेको छ ।

फागुन महिनामा गर्ने भनिएकोमा तयारी नपुगेको भन्दै जेठमा सारिएको थियो तर अवस्था यस्तो भयो, त्यसैले सार्ने निर्णय भएको छ – प्रवक्ता चौधरीले भने । कोरोना कारण जेठ ६ र ७ गते गर्ने भनिएको प्रदेश लगानी सम्मलेन आगामी कार्तिक २७ र २८ गते गर्ने निर्णय भएको चौधरीले बताए ।

सबै स्वास्थ्य संस्थाबाट निःशुल्क रगत

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठले प्रदेशभरका स्वास्थ्य संस्थाबाट निःशुल्क रगत उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् ।

आज पद तथा गोपनियताको सपथग्रहण लगत्तै कार्यभार सम्माल्ने क्रममा उनले प्रदेशका सवै स्वास्थ्य बाट निःशुल्करुपमा रक्त सञ्चार सेवा प्रदान गर्ने निर्णय गरेका हुन ।

‘निःशुल्क रक्तसेवा प्रदान, स्वास्थ्य लुम्बिनीको पहिचान’ भन्ने नारालाई अगाडि सार्दै प्रदेश भर रगतमा लाग्नु शुल्कमा छुट दिने निर्णय मुख्यमन्त्री सामु पठाएको उनले बताए ।

आगामी नीति तथा कार्यक्रममा लागु हुने गरी यो निर्णय कार्यान्वयनमा आउने मन्त्री श्रेष्ठको भनाइ छ ।

पहिलो निर्णयमा हस्ताक्षरपछि स्वास्थ्यमन्त्री श्रेष्ठले पुष्पलालपार्कमा रहेको पुष्पलाल श्रेष्ठको शालिकमा माल्यपर्ण गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर