नेप्से ५ अंकले घट्यो, ६ अर्बको कारोबार – Nepal Press

नेप्से ५ अंकले घट्यो, ६ अर्बको कारोबार

काठमाडौं । आज नेप्से परिसूचक ५ दशमलव ९ अंकले घट्दै २६४९.६० विन्दुमा रोकिएको छ ।

एक करोड ४८ लाख ६७ हजार ९९५ कित्ताको सेयर किनबेचमा आज ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो रकम हिजोको भन्दा १७ करोड ७७ लाख ५२ हजार १२३ रुपैयाँले बढी हो । मंगलबार ६ अर्ब ४ करोड ८६ लाख २ हजार १९० रूपैयाँको कारोबार भएको थियो ।

आज बजार केही अंकले घटेपनि १५ ओटा कम्पनीको सेयर मूल्य भने उच्च दरले बढेको छ । राधी हाइड्रोपावर र रुरु जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने विशाल बजार र महिला लघुवित्तलगायत १२ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज सबैभन्दा धेरै प्रभु इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार २३ करोड रूपैयाँ बराबरको भएको छ । यसैगरी, एनआईसी एसिया लघुवित्तको सेयर कारोबार २२ करोड रूपैयाँ बराबरको कारोबार भयो । यसैगरी, एनसीसी बैंकको १९ करोड रूपैयाँ बराबरको भएको छ ।

आज उप समूहमा व्यापार, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा कम्पनीको उपसूचक बढेको छ । अन्यको उपसूक रातो भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *