बूढानीलकण्ठ बैठकमा को- को छन् ? – Nepal Press

बूढानीलकण्ठ बैठकमा को- को छन् ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरुको भेटवार्ता अहिले बूढानिलकण्ठमा जारी छ ।

देउवानिवासमा जारी भेटवार्तामा प्रधानमन्त्री ओलीसंग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन् ।

त्यस्तै कांग्रेसबाट सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, सह- महामन्त्री डा. प्रकाशशरण महत र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौंला सहभागि रहेका छन् ।

भेटमा पछिल्लो राजनीतिक परिस्थिति, संसदको विशेष अधिवेशन, राष्ट्रिय सभा उप निर्वाचन लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

तस्विर : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर