कोरोना संक्रमित मदनकृष्ण पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो – Nepal Press

कोरोना संक्रमित मदनकृष्ण पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो

काठमाडौं । कोरोना संक्रमित अभिनेता मदनकृष्ण श्रेष्ठलाई श्वासप्रश्वासमा समस्या भएपछि पुनः अस्पताल भर्ना गरिएको छ ।

अक्सिजन लेभलमा कमी भएपछि बुधबार अपरान्ह उनलाई ललितपुरको मेडिसिटी अस्पताल भर्ना गरिएको छोरा यमनले नेपाल प्रेसलाई जानकारी दिए ।

आइतबार केही सहज भएपछि अस्पतालबाट डिस्चार्ज भएका श्रेष्ठलाई पुनः आज अस्पताल लगिएको हो । ‘उहाँलाई कोरोना निको भएकै थिएन । केही सजिलो भएपछि मात्र डिस्चार्ज गरेका हौं’ छोरा यमनले भने, ‘अक्सिजन लेभल ८५ मा झरेपछि पुनः अस्पताल लैजानुपरेको हो ।’

मदनकृष्णका छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्य सामान्य भएपनि कोरोना निको चाहिँ भैसकेको छैन ।


प्रतिक्रिया

One thought on “कोरोना संक्रमित मदनकृष्ण पुनः अस्पताल भर्ना, अक्सिजन लेभल घट्यो

  1. सिघ्र स्वास्थ्य लाभको कामना।

Leave a Reply to परशुराम भट्ट Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर