ओलीविरुद्ध सबैसँग सहकार्य हुन्छ: कांग्रेस नेता केसी – Nepal Press

ओलीविरुद्ध सबैसँग सहकार्य हुन्छ: कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले ‘ओलीप्रवृत्ति’विरुद्ध उभिने सबैसँग कांग्रेसले सहकार्य गर्नुपर्ने बताएका छन् ।

कांग्रेसको औपचारिक निर्णय नै प्रधानमन्त्री केपी शर्मा ओलीका कदमहरु असफल बनाउने रहेको भन्दै नेता केसीले राष्ट्रियसभा निर्वाचनमा पनि ओलीका उम्मेदवारविरुद्ध सहकार्य हुने बताए ।

‘हामीले प्रधानमन्त्री ओलीको विकल्प चाहेका छौं । त्यसका लागि जे गर्नुपर्छ गर्नुहोला भनेर सभापतिजीलाई जिम्मा दिएका छौं । त्यसैले राष्ट्रियसभामा पनि कांग्रेसले माओवादी र जसपा लगायतसंग सहकार्य गर्छ’, केसीले नेपाल प्रेससँग भने ।

कांग्रेसले बेलैमा अविश्वास प्रस्ताव दर्ता गरेको भए ओली सरकार पहिले नै ढलिसक्ने नेता केसीको दावी छ । ‘संसद पुनःस्थापना लगत्तै अविश्वास प्रस्ताव ल्याएको भए सरकार ढलिसक्थ्यो । अहिलेपनि सरकारलाई विश्वासको मत लिन दिदैनौ’, नेता केसीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर