एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा – Nepal Press

एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति तथा विपक्षी दलका नेता शेरबहादुर देउवासँग छलफलका लागि देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई लिएर देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ ।

जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ ।

प्रधानमन्त्री भएपछि ओली आफैं देउवा निवास पुगेको सम्भवतः पहिलो पटक हो ।


प्रतिक्रिया

5 thoughts on “एमाले नेताहरूसहित प्रधानमन्त्री ओली देउवा निवासमा

  1. अलि ढीला भयो प्रधानमन्त्रि ज्यू।अब सन्त,महन्त संग छलफल गर्न जाँदा राम्रो होला।हिजो भाउ दिन कञ्जुस्याँइ गर्ने?नत्र ठिकै हुन्थ्यो होला।

  2. जब प्रधानमन्त्री निवासमा पुगे,तब अर्को कुनै कुटिल चाल चल्दैछन भन्ने पुर्व अनुभव रहेकोछ,होसियार हुनु पर्छ दाैडि सकेको घोडा पछि फर्केने प्रयास नगर्नु नै हितमा होला।

  3. काङ्ग्रेसको खाेइराे खन्ने अाेलिकाे ललाइ फुलाइ गर्न गयकाे हाेलान खबरदार देउवाजि यस्ताकाे कुनै कुरामा बिश्वास नगर्नु हाेला अझ सङ्गै टङ्किमन्त्रि पनि गएकाे रे अब अाेलिलाइ फालेर अर्कोलाई भए पनि प्रम बनाउन तिर लाग्नुस तमाम काङ्ग्रेसको कार्यकर्ताकाे भावनाकाे पनि कदर गर्नुस ।

  4. काङ्ग्रेस आफ्नै नेतृत्वमा सरकारमा जानुपर्छ जसपालाइ पनि साथ लिएर

  5. काँग्रेसलाई एकाध संबैधानिक नियुक्तिको कोटा दिएर रछानमा सुताउने अठोटका साथ एमाले ले सहयोग माग्नु स्वभाविक हो। ललिपपमा फसेर काँग्रेस असंवैधानिक अलोकतान्त्रिक झुण्डमा पयो भने अस्वभाविक चरित्र सावित हुनेछ।

Leave a Reply to PP Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर