निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सुर्खेतमा सात जना पक्राउ – Nepal Press

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा सुर्खेतमा सात जना पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले निषेधाज्ञा जारी भएको समयमा उल्लंघन गरेको भन्दै सात जनालाई नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर नगरपालिका ६ बसपार्कमा अनिल बिसीले सञ्चालन गरेको स्नोकर हाउसबाट सात जनालाई नियन्त्रणमा लिइएको सूचना अधिकारी एवमा रामप्रसाद घर्तीले बताए ।

उनका अनुसार घनश्याम केसी, आकास देबकोटा, वीरेन्द्र शाही, राज घर्ती मगर, विनय बुढा, आकाश प्याकुरेल र कबिर खानलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई संक्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानिय प्रशासन ऐन ,२०२८ को दफा ६ को उपदफा ९३० बमोजिम कारबाही भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर