न्याय परिषद् सचिवालय बन्द – Nepal Press

न्याय परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ ।

परिषद्का सहसचिव मानबहादुर कार्कीले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा निरालाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै बुधवार परिषद् सचिवालय बन्द रहने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको छ ।

पूर्वमहान्यायाधविक्तासमेत रहनुभएका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात बलम्बुमा उपचारका लागि राखिएकोमा मङ्गलबार निधन भएको थियो ।

कानूनको क्षेत्रमा ५३ वर्ष योगदान दिएका निराला भद्र तथा निर्भिक थिए । नेपालको न्यायापलिकाको विकासमा उनको ठूलो योगदान रहेको विज्ञप्तिमा उल्लेख छ ।

जनकपुरमा विंस २००० मा जन्म भई काठमाडौँ कर्मथलो बनाएका खड्का कानून व्यवसायीका तर्फबाट २०७६ साल पुस २२ मा न्याय परिषद्मा नियुक्त भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर