मन्त्रीसहितको टोलीले गरे अक्सिजन उद्योगको अनुगमन – Nepal Press

मन्त्रीसहितको टोलीले गरे अक्सिजन उद्योगको अनुगमन

कैलाली । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी सहितको टोलीले धनगढीमा रहेको अक्सिजन ग्याँस उद्योगको अनुगमन गरेको छ ।

टोलीमा मन्त्री सुबेदी सहित सामाजिक विकास समिति सभापति कुन्ती जोशी र प्रदेश सचिव रघुराम बिष्ट रहेका थिए ।धनगढीमा रहेको मालिका ग्याँस उद्योगको अनुगमन गर्दै अक्सिजनको अभाव हुन नदिन टोलीले निर्देशन दिएको हो ।

पुरा क्षमता अनुसारको अक्सिजन उत्पादन गर्न टोलीले निर्देशन दिएको मन्त्री सुबेदीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए ।

उद्योग सञ्चालनमा कुनै समस्या भएका समेत प्रदेश सरकारले सहजता ल्याउने मन्त्री सुबेदीले सञ्चालकलाई आश्वस्त तुल्याएका थिए । सरकारी अस्पताल र कोभिड उपचार गर्ने अस्पताललाई पहिलो प्राथमिकतामा राखेर अक्सिजन ग्याँस वितरण गर्न समेत सञ्चालकलाई मन्त्री सुबेदीले निर्देशन दिएका थिए ।

विद्युत् सम्बन्धी समस्याका लागि महसुलमा प्रदेश सरकारबाट अनुदानको पहल गर्ने मन्त्री सुवेदीले प्रतिबद्धता जनाएको स्वकीय सचिव धामीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर