एकैरातमा उपचाररत ४ संक्रमितको मृत्यु – Nepal Press

एकैरातमा उपचाररत ४ संक्रमितको मृत्यु

रूपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल संचालन गरेको कोरोना विशेष अस्पतालमा एकैरातमा ४ जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको बिहिबार राती १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ ।

१९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षिया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षिया महिलाको बिहान ६ः२५मा मृत्यु भएको छ ।

त्यसैगरि बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिएका छन् ।

गुल्मीमा थप एक जनाको मृत्यु

गुल्मीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका-७ जुनियाका ६९ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय गुल्मीका फोकल पर्शन गोपाल कार्कीले जानकारी दिए । उ

नका अनुसार उनको वैशाख २० गते एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *