कर तिर्ने म्याद थप गर्न सरकारसँग उद्योग वाणिज्य महासंघको आग्रह – Nepal Press

कर तिर्ने म्याद थप गर्न सरकारसँग उद्योग वाणिज्य महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई वुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसंग अनुरोध गरेको छ ।

महासंघले मंगलबार सरकारको सम्बन्धित निकायमा पत्राचार गरी कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण रोकथामका लागि मुलुकको झण्डै दुई तिहाई भुभागमा निषेधाज्ञा जारी रहेका कारण यस्ताे माग गरिएकाे जनाएकाे हाे ।

पत्रबाट अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिबृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको छ ।

निषेधाज्ञाका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदार आवतजावत ठप्प भएको र कर विवरण वुझाउन भएकाले कर विवरण बुझाउन तथा भुक्तानी दिन सक्ने अवस्था नरहेको महासंघले जनाएको छ ।

सार्वजनिक यातायातको संचालनमा रोक लगाएका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा संचालनमा आउन नसकेको समेत महासंघले बिज्ञप्तिमाा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *