प्रधानमन्त्रीलाई विश्वासको मतबाट असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशको भर्त्सना (भिडियो) – Nepal Press

प्रधानमन्त्रीलाई विश्वासको मतबाट असफल बनाउने कांग्रेसको निर्णय, अध्यादेशको भर्त्सना (भिडियो)

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा विश्वासको मत लिन जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम षड्यन्त्रपूर्ण रहेको भन्दै त्यसलाई असफल पार्ने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवा निवासमा मंगलवार बसेको पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न र ओलीको योजना असफल पार्न सबै दलसँग पहल गर्ने निर्णय गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सहमहामन्त्री प्रकाशशरण महतले संवैधानिक परिषद् लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भर्त्सना गरेको बताए ।

महतले भने, ‘हाम्रो पहिलो लक्ष्य विश्वासको मत लिने लक्ष्यलाई असफल बनाउने हो । त्यसपछि वैकल्पिक सरकार गठन गर्न अघि बढ्छौं । विश्वासको मत लिनबाट प्रधानमन्त्रीलाई फेल गराउन सकेसम्म प्रयास गर्छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर