स्वास्थ्यकर्मी तत्काल पदपूर्ति गर्न कर्णाली सरकारलाई निर्देशन – Nepal Press

स्वास्थ्यकर्मी तत्काल पदपूर्ति गर्न कर्णाली सरकारलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सभाको सामाजिक विकास समितिले सरकारलाई तत्काल स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको व्यवस्था गर्न निर्देशन दिएको छ ।

समितिले प्रदेश अस्पताल लगायत जिल्ला अस्पतालहरूमा रिक्त रहेको स्वास्थ्य सेवा अन्तरगतको दरवन्दी पूर्ति गर्ने र तत्काल सो सम्भव नहुँदासम्मका लागि करारमा कर्मचारी भर्ना गर्ने, सुर्खेतको मेहेलकुना अस्पतालमा तत्काल एउटा अक्सिजनसहितको एम्बुलेन्स व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिका अध्यक्ष देवी ओलीले भनिन्, ‘सबै अस्पतालहरूमा कोभिड रेस्पोन्स टोली बनाउने र कर्मचारीहरूको चुस्त व्यवस्थापन गर्न, कर्णाली प्रदेशको मुख्य प्रवेश नाका रहेको बबईमा तत्काल एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउने, हेल्थ डेस्क, होल्डिङ्ग सेन्टर र शौचालयको प्रबन्ध गर्न, कर्णाली प्रदेशमा रहेका जिल्ला अस्पतालहरूमा आवश्यक भौतिक संरचना, प्रयाप्त मात्रामा अक्सिजन, भेन्टिलेटर र आईसियुको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हौं ।’

समितिले कर्णाली प्रवेश गर्ने नाकाहरु बबई नाका, कपुरकोट नाका र कुइने नाकामा स्थलगत अध्ययन गरेर फर्किएपछि सो निर्देशन दिइएको उनको भनाई थियो ।

कोरोना भाइरसको संक्रमण तीव्रगतिमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण र संक्रमितहरूको प्रभावकारी उपचारको व्यवस्था गर्ने सम्वन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालयलाई सो निर्देशन दिइएको समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर