अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई कानूनी कार्वाही हुने, मास्क नलगाए सय रुपैयाँ जरिवाना – Nepal Press

अत्यावश्यकबाहेक घरबाहिर निस्कनेलाई कानूनी कार्वाही हुने, मास्क नलगाए सय रुपैयाँ जरिवाना

काठमाडौं । बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय उपत्यकास्थित जिल्ला प्रशासनहरुले गरेका छन् ।

मंगलबार बसेको तीनैवटा सीडीओ कार्यालयहरुको बैठकले अत्यावश्यक कामबिना घरबाट बाहिर निस्कनेलाई जरिवाना र कानूनी कार्वाही गर्ने निर्णय गरेको हो ।

मास्क नलगाउनेलाई १०० रुपैयाँ जरिवाना तिराइने भएको छ । विभिन्न बहानामा मनपरी हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

घरबाहिर निस्कनेलाई यसअघि होल्डमा राख्ने गरिएपनि अब भने जरिवाना र कार्वाही गर्ने निर्णय समेत गरेको सीडीओ पराजुलीले जानकारी दिए । काठमाडौंमा २९ गतेसम्म निषेधाज्ञा लम्बाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर