बैंक तथा वित्तिय संस्थामा थप कडाइ, कोटा तोकेरै चलाउन प्रशासनको अनुमति – Nepal Press

बैंक तथा वित्तिय संस्थामा थप कडाइ, कोटा तोकेरै चलाउन प्रशासनको अनुमति

काठमाडौं । बैंक तथा वित्तिय संस्थाको कारण निषेधाज्ञा अवधीमा भीडभाड बढेको भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कडाइ गर्ने निर्णय गरेका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले शाखामा २० प्रतिशत र केन्द्रमा २५ प्रतिशत कर्मचारी राखेर संचालन अनुमति दिने निर्णय भएको बताए ।

उनका अनुसार बैंक तथा वित्तिय संस्थाले सीमित सवारी साधन मात्र चलाउन पाउने भएका छन् । साथै, सरकारी कार्यालयलाई पनि ५० प्रतिशत गाडी राखेर संचालन गर्न दिने निर्णय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर