आजदेखि उपत्यकामा साइकल र ठेलागाडा पनि चलाउन नपाइने – Nepal Press

आजदेखि उपत्यकामा साइकल र ठेलागाडा पनि चलाउन नपाइने

काठमाडौं । मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा अवधीभर साइकल र ठेलागाडा पनि चलाउन नपाइने भएको छ ।

उपत्यकाका तीनैवटा सीडीओहरुको संयुक्त बैठकले ठेला र साइकलमा पसल चलाए संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय गरेका छन् ।

नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय गरेका हुन् ।

साइकल र ठेलागाडाबाट पनि संक्रमणको जोखिम देखिएकाले त्यस्तो व्यापारमा प्रतिबन्ध लगाइने निर्णय भएको पराजुलीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर