झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम घट्यो – Nepal Press

झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम घट्यो

काठमाडौं । नेप्से परिसूचक आज १ दशमलव ९४ अंकले बढ्दै २६५४.६९ विन्दुमा पुगेको छ । पहिलो एक घण्टामा पाँच दशमलव ६२ अंकले घटेको नेप्से कोरोबारको तेस्रो घण्टामा दुई दशमलव २७ अंकले बढेको थियो ।

आज एक करोड ३० लाख ९ हजार ४५० कित्ताको सेयर किनबेचमा ६ अर्ब ४ करोड ८६ लाख २ हजार १९० रुपैयाँको कारोबार भयो । आज नौं कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ ।

समता लघुवित्त र महिला लघुवित्तको सेयर १० प्रतिशतले बढ्यो भने विशाल बजार, राधी जलविद्युत, रुरु लजविद्युतलगायतको सेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ ।

सबैभन्दा धेरै एनसीसी बैंकको २३ करोड बराबरको कारोबार भयो । अरुण कावेली हाइड्रो पावरको सेयर १६ करोड रूपैयाँ बराबर किनबेच भयो ।

आज बैंकिङ, होटल एन्ड टुरिजम, फाइनान्स, निर्जीवन बीमा, अन्य र जीवन बीमा समूहको सेयर कारोबार रातो लागेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर