पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस् – Nepal Press

पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

काठमाडौं । अभिनेता पल शाह अभिनयसँगै सामाजिक कारणले पनि चर्चामा रहन्छन् । अघिल्लो लकडाउनमा उनले विपन्न फिल्म प्राविधिकलाई राहत वितरण गरेका थिए ।

कोभिड महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा उनले यसपटक पनि सहयोगी हात अघि बढाएका छन् । यसपटक भने उनले निःशुल्क अक्सिजन वितरण सुरु गरेका छन् ।

‘आर्थिक अभावका कारण अक्सिजन नपाएर कुनैपनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भनेर निःशुल्क अक्सिजन सेवाका लागि हामी तयारीमा छौं’ पलले नेपाल प्रेससँग भने ।

विषम परिस्थितीमा निम्न वर्गका नेपालीले उपचार र खाना अभाव मर्न नपरोस् भनेर आफूले सेवा थालेको पलले जनाएका छन् । पछिल्लो साता नेपालका स्वास्थ्य संस्थामा अक्सिजनको माग उच्च छ ।


प्रतिक्रिया

One thought on “पल शाहले थाले निःशुल्क अक्सिजन वितरण, भन्छन् : कसैले पनि उपचार र खान नपाएर ज्यान गुमाउन नपरोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर