बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए – Nepal Press

बेपत्ता २२ वर्षे नेपाली विद्यार्थी अजय शाह न्यूयोर्कमा मृत भेटिए

न्यूयोर्क । गत जनवरीबाट सम्पर्कविहिन एक नेपाली विद्यार्थीको शव न्यूयोर्कको ब्रुकलिनमा भेटिएको छ ।

अमेरिकी अखबार डेलीभ्वाइसका अनुसार जनवरी १९ मा अन्तिमपटक ब्रुकलिन पुलमा देखिएका नेपालका २२ वर्षे सन्तोष शाहको शव ब्रुकलिनको एंकरेज नहरको पानीमा भेटिएको हो ।

शव मार्च ९ मै फेला परेपनि शनाखत हुन नसकेपछि प्रहरीले अप्रिल २५ मा यसबारे मोरिस काउन्टीको प्रहरीलाई जानकारी दिएको थियो ।

उनी न्यूजर्सी राज्यस्थित ड्रीउ विश्वविद्यालयका विद्यार्थी रहेको जनाइएको छ । उनको उद्दार र खोजीका लागि क्राउड फन्डिङ गोफन्डमीमा २५ हजार अमेरिकी डलरभन्दा बढी जुटेको थियो ।

मेडिसन प्रहरी विभागले घटनाको छानविन गरिरहेको जनाएको छ । प्रहरी अधिकृत रोबर्ट जे क्यारलले उनी बेपत्ता भएपछिको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

अजयको कोठामा गएर हेर्दा टेबुलमा आइ लभ यू ममी लेखेको नोट भेटिएको थियो । तर, उक्त नोटमा अन्य केही नलेखिएको र रद्दीको टोकरीमा फ्याँकिएको अर्को नोटमा अब केही गर्ने बेला आएको उल्लेख गरिएको थियो ।

उनले शोकसन्तप्त शाहको परिवारप्रति समवेदना व्यक्त गरे । शाहको परिवारले मृतकको सर्टिफिकेट भने प्राप्त गरिसकेको छैन ।

पुख्र्यौली घर सिराहमा रहेको र हाल उनको परिवार काठमाडौं कीर्तिपुरमा बस्दै आइरहेको जनाइएको छ । उनी साढे २ वर्ष ड्रीउ युनिभर्सिटीमा अध्ययन गर्दै आइरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *