कपिलवस्तुका १० दिने निषेधाज्ञा, बाँकेमा एक साता लम्बियो – Nepal Press

कपिलवस्तुका १० दिने निषेधाज्ञा, बाँकेमा एक साता लम्बियो

रुपन्देही । कोरोना संक्रमण संक्रमितको संखया बढे पछि कपिलवस्तुमा १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

आइतबार प्रशासन कार्यालयमा बसेको कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिएमी) ले गरेको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो ।

प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कोरोना भाइरसको दोश्रो भेरियन्टको चेन रोक्नका लागि बैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

मंगलबार बिहान ४ बजेदेखि ३१ गते शुक्रवार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी रहने छ ।

अत्यावश्यकीय सेवा भने रोक नलगाइएको प्रजिअ पाण्डेले बताए । खाद्यान्न तथा अन्य सरसामान किनमेलका लागि भने दैनिक बिहान ९ बजेदेखि दिउँसो १ वजेसम्म समय तोकिएको छ ।

यस्तै वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको बाँकेमा थप एकसाता लम्बिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै एक हप्ता निषेधाज्ञा थप गरिएको जनाएको हो । अब २७ गते रातिसम्म निषेधाज्ञा लागू हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संक्रमण तीव्ररूपमा फैलिएपछि बाँकेमा वैशाख १३ गतेदेखि २० गतेसम्मका लागि प्रशासनले निषेधाज्ञा सुरु गरेको थियो । संक्रमण नियन्त्रण, रोकथामका लागि प्रशासनले नेपालगन्ज उपमहानगरपालिकामा त्यसअघि नै निषेधाज्ञा गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर