पाल्पामा होम आइसोलेसनमै संक्रमितको मृत्यु – Nepal Press

पाल्पामा होम आइसोलेसनमै संक्रमितको मृत्यु

रुपन्देही । पाल्पामा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको निधन भएको छ ।

रामपुर नगरपालिका–१० गेझा बस्ने ७२ वर्षीय एक पुरुषको निधन भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।

उच्च रक्तचाप रोगले ग्रसित रहेका ती पुरुषलाई यही वैशाख ३ गते उपचारका लागि युनाइटेड मिसन अस्पताल पाल्पा लगिएको थियो ।

वैशाख ८ गते एन्टिजिन रिपोर्ट पोजेटिभ आएपछि उपचाररत ती पुरुष १३ गते मिसन अस्पतालबाट डिस्चार्ज भई घर फर्केको र होम आइसोलेसनमा निधन भएको रामपुर–१० का वडाध्यक्ष लिलबहादुर गाहाले जानकारी दिए ।

हालसम्म पाल्पामा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या ४२ पुगेको छ ।

आइतबारसम्म अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ९ सय ७२ पुगेको छ । जसमध्ये १५६ जना सक्रिय संक्रमित रहेका छन् । २३ जनाको मृत्यु भएको छ भने ७९३ जनाले कोरोनालाई जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर