अमिक शेरचनले भने- मलाई हटाउनु निरंकुशताको पराकाष्ठा (भिडियो) – Nepal Press

अमिक शेरचनले भने- मलाई हटाउनु निरंकुशताको पराकाष्ठा (भिडियो)

पोखरा । सरकारले गण्डकी प्रदेश प्रमुखबाट पदमुक्त गरेका अमिक शेरचनले आफूलाई हटाउनु निरंकुशताको पराकाष्ट भएको टिप्पणी गरेका छन् ।

मंगलबार बिहान पोखरामा पत्रकार सम्मलेन गर्दै शेरचनले सरकारको निर्णयप्रति यस्तो प्रतिक्रिया जनाएका हुन् ।

तपाईंलाई हटाउनुलाई राजनीतिक प्रतिशोध भन्न मिल्यो ? भन्ने संवाददाताहरूको प्रश्नमा उनले भने, ‘राजनीतिक प्रतिशोध भन्दा पनि राजनीतिक दिशा नै निरंकुशतातिर गइरहेको मलाई अनुभूति भएको छ। निरंकुशताको पराकाष्ठाको सूचक हो भन्ने मलाई लाग्या छ ।’

‘तिमीले यहाँनेर गल्ती गर्‍यौ भनेको भए कहाँ गल्ती गरेँ भनेर मैले हेर्थें होला,’ शेरचनले भने, ‘अब फेर्नुपर्‍यो भनेको भए त म राजीनामा दिन्थेँ । राजीनामा दिन पहिले लिएर गएको मान्छे हुँ । म त बस्नै नचाहेको मान्छे हुँ ।’

प्रतिशोध साँधेर आफूले कसैलाई पनि पक्षपात नगरेको दावी गर्दै उनले कसैलाई त्यस्तो गरेको लागेको भए प्रमाण दिनुपर्ने जिकिर गरे ।

‘राजनीतिक कारणले हो भने मैले राजनीतिक रूपमा कुनै पक्षपात गरेको प्रमाण हुनुपर्‍यो,’ उनको भनाइ छ, ‘सरकारले जे ल्यायो, मैले संविधान हेरेँ नियममा जे उल्लेख गरेको छ, त्यही अनुसार मैले सदर गरिदिएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर