मध्यभोटेकोशीको आईपीओ स्थानीयका लागि खुल्यो, अनलाइन प्रणाली नहुँदा निषेधाज्ञामा जनतालाई सास्ती – Nepal Press

मध्यभोटेकोशीको आईपीओ स्थानीयका लागि खुल्यो, अनलाइन प्रणाली नहुँदा निषेधाज्ञामा जनतालाई सास्ती

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आजदेखि आयोजनास्थल सिन्धुपाल्चोकका स्थानीयका लागि ६० लाख कित्ता आईपीओ शेयर आवेदन खुला गरेको छ ।

कम्पनीले कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५, बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाति गाविस) तथा बाह्रविसे नगरपालिका वडा नं ७ र ८ का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र त्यसबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीयका लागि ७० प्रतिशत दरले ४२ लाख कित्ता शेयर जारी गर्न लागेको हो ।

कम्पनीले शेयर निष्कासनका लागि धितोपत्र बोर्डबाट बैशाख ५ गते स्वीकृति पाएको थियो । कम्पनीको आईपीओ छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गते बन्द हुने छ ।

कोरोना माहामारीका बीचमा स्थानीयका लागि जारी गरिएको आईपीओले सम्बन्धित स्थानीयलाई तोकिएको आईपीओ भर्ने केन्द्रसम्म जानका लागि भने समस्या पर्ने देखिएको छ ।

कम्पनीले माहामारीका बीचमा आईपीओ जारी गर्दा केही टाठा बाठाले मात्र आईपीओ कब्जा गर्ने हुन कि भन्ने पनि शंका बढेको छ । यो आईपीओका लागि कम्पनीले तोकेको सम्बन्धित निकायमा नै जानु पर्ने वाध्यता छ । डिजिटल प्रविधिबाट भर्न सकिँदैन ।


प्रतिक्रिया

One thought on “मध्यभोटेकोशीको आईपीओ स्थानीयका लागि खुल्यो, अनलाइन प्रणाली नहुँदा निषेधाज्ञामा जनतालाई सास्ती

  1. साला हामी स्थानीयले आई पि ओ काे शेर भर्ना पाएन भने हामी हाईट्राेलाई काम नै ठप्प पार्छाै। हामीलाई अन लाईन काे आई पि ओ व्यवस्था गरि दिन पर्छ मध्य भाेटेकाेशीले। जे गर्न मन लाग्छ त्यहि गरेर हुन्छ ?

Leave a Reply to Hira sherpa Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर